काठमाडौँ : नेपाली बजारमा आज बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य तोलाको १ हजार २ सय र चाँदीमा मूल्य १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलाको ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको छ भने हिजो बुधबार सुनको मूल्य ३ लाख २२ हजार १ सय रुपैयाँ कारोबार भइरहेको थियो।
त्यस्तै, आज सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ भने हिजो बुधबार चाँदी तोलाको ४ हजार ९ सय ७५ रुपैयाँ रहेको थियो ।