२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवा बाढी प्रभावितका लागि एनसेलद्वारा १ करोड रुपैयाँ सहयोगको घोषणा, ३ दिनका लागि निःशुल्क सञ्चार सेवा

images

  • २०८३ भदौ ११, बिहीबार
  • 271
    SHARES
  • रसुवा बाढी प्रभावितका लागि एनसेलद्वारा १ करोड रुपैयाँ सहयोगको घोषणा, ३ दिनका लागि निःशुल्क सञ्चार सेवा

    काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि दूरसञ्चार सेवा प्रदायक एनसेलले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएपछि सरकारको आह्वानलाई सम्बोधन गर्दै एनसेलले उक्त रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गर्ने निर्णय गरेको हो। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एनसेलले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

    आर्थिक सहयोगका साथै एनसेलले विपद्को यस कठिन समयमा प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूका लागि राहत स्वरूप निःशुल्क सञ्चार सेवा पनि सुरु गरेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका एनसेल प्रयोगकर्ताहरूका लागि ३ दिनका लागि लागू हुने गरी निःशुल्क भ्वाइस, डेटा र १०० वटा एसएमएस सेवा उपलब्ध गराइएको छ। यस पहलले आपत्कालीन अवस्थामा नागरिकहरूलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन ठूलो सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

    एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को समयमा प्रभावित जनताको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताउँदै उद्धार र पुनःस्थापनामा सरकारलाई सघाउन यस कदम चालिएको स्पष्ट पारिन्। विगतका प्राकृतिक विपद्हरूमा पनि सहयोग गर्दै आएको एनसेलले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई हेरेर सम्भव सहयोग तथा सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ