२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सानिमा बैंकद्धारा लाभांश घोषणा

images

  • २०८३ भदौ ११, बिहीबार
  • 391
    SHARES
  • सानिमा बैंकद्धारा लाभांश घोषणा

    काठमाडौँ : सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    हाल बैंकको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ। हाल कायम चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५ सय ४१ रुपैयाँ नगद लाभांश वितरण हुनेछ । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साभारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ