काठमाडौँ : बाढी पहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउनेहरूको संख्या ६ सय ६९ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शनिबार दिउँसो ४ बजेसम्म सो संख्यामा शव फेला परेका हुन्।
विपद्बाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये चितवनमा सर्वाधिक मानवीय क्षति भएको छ। प्रहरी तथ्यांकअनुसार विभिन्न जिल्लाहरूमा फेला परेका शवहरूको विवरण यस प्रकार छ।
-
चितवन : २४८
-
पूर्वी नवलपरासी : १५८
-
पश्चिम नवलपरासी : ७५
-
गोरखा : ५४
-
धादिङ : ४९
-
नुवाकोट : ४१
-
तनहुँ : ३१
-
रसुवा : १३



