२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बिर्तामोडको भाटभटेनी आइतबारदेखि पुनः सञ्चालनमा

images

  • २०८३ भदौ १३, शनिबार
  • 251
    SHARES
  • बिर्तामोडको भाटभटेनी आइतबारदेखि पुनः सञ्चालनमा

    काठमाडौँ : झापाको बिर्तामोडस्थित भाट-भटेनी सुपर स्टोर भदौ १४ गते (आइतबार) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। अघिल्लो वर्ष २०८२ भदौ २४ गतेको जेनजी (Gen Z) आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि यो स्टोर बन्द रहेको थियो।

    आवश्यक मर्मतसम्भार तथा पुनः निर्माणपछि भदौ १४ गतेदेखि दैनिक रूपमा ग्राहकहरूलाई नियमित सेवा प्रदान गर्न लागिएको भाट-भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (COO) पानु पौडेलले जानकारी दिए। प्रमुख सञ्चालन अधिकृत पौडेलका अनुसार ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै पहिलेभन्दा अझ आधुनिक, व्यवस्थित र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीको रहेको छ।

    कठिन समयमा पनि ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूले देखाएको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनहरूमा पनि सोही प्रकारको माया र सहयोगको अपेक्षा राखिएको बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ