२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवा बाढी : कृषि विकास बैङ्कको त्रिशूली शाखा ध्वस्त, २ करोड भन्दा बढी नगदसहित ५० करोडको भौतिक नोक्सानी

images

  • २०८३ भदौ १४, आइतबार
  • 286
    SHARES
  • रसुवा बाढी : कृषि विकास बैङ्कको त्रिशूली शाखा ध्वस्त, २ करोड भन्दा बढी नगदसहित ५० करोडको भौतिक नोक्सानी

    काठमाडौँ : भदौ १० गते रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढीका कारण भौतिक तथा मानवीय रूपमा ठूलो नोक्सानी भएको छ। बाढीले दुवै जिल्लाका विभिन्न स्थानमा रहेका ११ वटा वाणिज्य बैंकका १६ वटा शाखा कार्यालयमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

    घटनापछि विभिन्न बैंकमा कार्यरत २७ जना कर्मचारी तथा सुरक्षा गार्डहरू हालसम्म बेपत्ता छन्। यसका साथै काठमाडौंबाट गोसाइँकुण्ड भ्रमणमा निस्किएका मुक्तिनाथ विकास बैंकका २ जना र लघुवित्तका ६ जना गरी थप ८ जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। योसँगै बाढीपछि सम्पर्कमा नरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको संख्या ३१ पुगेको छ।

    यस विपत्तिमा सबैभन्दा बढी क्षति कृषि विकास बैंकले व्यहोर्नुपरेको छ। बैंकको आफ्नै भवनमा सञ्चालित त्रिशूली शाखा बाढीका कारण पूर्ण रूपमा ध्वस्त भएको छ। प्रारम्भिक अनुमान अनुसार उक्त शाखामा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको भौतिक तथा वित्तीय नोक्सानी भएको छ।

    शाखामा रहेका ६४ वटा लकरहरू बाढीले बगाएको वा पूर्ण रूपमा नष्ट पारेको छ। यसैगरी, बैंकको वित्तीय क्षति विवरण अनुसार :

    एटीएम मेसिन : ५ लाख ६५ हजार रुपैयाँ

    बैंक भल्ट : १ करोड ७१ लाख २१ हजार रुपैयाँ

    क्यास काउन्टर : ४२ लाख रुपैयाँ

    नगद काउन्टर, भल्ट र एटीएममा गरी कुल २ करोड १८ लाख ८६ हजार रुपैयाँ रकम बाढीले बगाएको बैंक स्रोतले जनाएको छ। हाल बेपत्ता कर्मचारीहरूको खोजी कार्य र क्षतिको पूर्ण विवरण संकलन गर्ने काम जारी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ