२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई जीवन बीमा

images

  • २०८० कात्तिक २४, शुक्रबार
  • 566
    SHARES
  • चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई जीवन बीमा

    कात्तिक २४, झापा : जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ। हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो। 

    शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौता अनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम रु १ लाख ५० हजार क्षतिपूर्ति पाउने छन्। प्रतिघरधुरी बीमा गराउन वार्षिक रूपमा रु ९५ मात्र बीमा शुल्क लागेको छ। सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमति अनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैर सरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।

    भारतको आसामबाट हात्ती आउने नेपालको सीमावर्ती पहिलो क्षेत्र नै बाहुनडाँगी हो। विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी हाल मेचीनगरअन्तर्गत पर्छ। बाहुनडाँगीका ४ वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं ४ बाट बीमा सुरु गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो  वडाका सबै परिवारलाई घर बीमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो। तर वडाका कुल १ हजार ३ सय २ परिवार मध्ये ६५९ मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो। 

    “कुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बीमामा समावेश हुन आह्वान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनु भएन। जो–जो सम्पर्कमा आउनुभयो, उहाँहरूको घरको बीमा गरेका छौँ।” छुट भएका घरलाई पछि समावेश गरिने उहाँले बताउनुभयो।

    वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बीमा गरिएको छ। ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम (आरआरटी)को रूपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताउनुहुन्छ। 

    हात्ती धपाउने कार्य रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको रु ५ लाखको जीवन बीमा गरिएको उहाँले जानकारी दिनुभयो। बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन्। गत वर्षदेखि हात्ती नियन्त्रणमा युवाको उक्त समूहलाई परिचालन गर्न थालिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ