काठमाडौँ : विश्वास, सुरक्षा र समर्पणका साथ सफलताका ९ वर्ष पूरा गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड १० औँ वर्षमा प्रवेश गरेको छ। ९ औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै हार्दिक शुभकामना सन्देश जारी गरेको छ।
स्थापनाकालदेखि नै बीमितको हितलाई केन्द्रमा राखेर अघि बढेको यस इन्स्योरेन्सले छोटो समयमै बीमा क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल भएको छ। सेवाग्राहीको निरन्तर विश्वास, अभिकर्ताहरूको मिहिनेत र कर्मचारीहरूको लगनशीलताकै कारण यो ९ वर्षे यात्रा उपलब्धिमूलक बनेको कम्पनीले जनाएको छ।
कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको छ। वार्षिकोत्सवको अवसरमा कम्पनी व्यवस्थापनले आगामी दिनहरूमा अझ प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै बीमा पहुँच विस्तारमा निरन्तर क्रियाशील रहने रिलायबल नेपाल लाइफको लक्ष्य छ।




