२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

४३.८९ अङ्कले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको कारोबार

images

  • २०८३ भदौ १५, सोमबार
  • 1.2K
    SHARES
  • ४३.८९ अङ्कले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको कारोबार

    काठमाडौँ : आज सोमबार नेप्से परिसूचक ४३.८९ अङ्कले घटेर बन्द भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक ४३.८९ अङ्कको घटेर २ हजार ५ सय १३ दशमलव ४२ विन्दुमा पुगेको हो । आज सोमबार नेप्से परिसूचक सँगै  सेन्सेटिभ इण्डेक्स ६.६८ अङ्क, फ्लोट इण्डेक्स ३.०२ अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अङ्क घटेको छ।

    त्यस्तै, नेप्सेसँगै आज कारोबार रकम पनि गिरावट आएको छ। आज कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा २६ करोड ३८ लाख, सर्वोत्तम पेन्ट्स करिब १६ करोड तथा रिलायन्स स्पिनिङ्ग मिल्सको रकम १२ करोड रुपैयाँको कारोबार भएको छ।

    यस गरी, आज ३ सय ४७ कम्पनीको ६८ हजार १ सय ३७ पटकको कारोबारमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार कित्ता शेयर  कारोबार भएको छ भने गत बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

    त्यस्तै, आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। आज २१ कम्पनीको शेयर मूल्य बढेको छ र २ सय ५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ