काठमाडौँ : हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहायताका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकका अनुसार उक्त सहयोग रकममध्ये बैंकको संस्थागत तर्फबाट ५५ लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीहरूका तर्फबाट स्वतःस्फूर्त संकलन गरिएको १० लाख रुपैयाँ रहेको छ।
अविरल वर्षा र बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। यस विषम परिस्थितिमा प्रभावित नागरिकहरूको दैनिक जीवन कष्टकर बनिरहेकाले तत्काल राहत पुर्याउन र दीर्घकालीन पुनःस्थापनाका कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले यो सहयोग हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
विपद्को यस कठिन घडीमा सरकार तथा सम्बन्धित निकायहरूसँग हातेमालो गर्दै मानवीय सहायतामा ऐक्यबद्धता जनाउनु बैंकको सामाजिक दायित्व रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
साथै, बैंकले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। घटनामा बेपत्ता भएका नागरिकहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत बैंकले गरेको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com