२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१५.४४ अंकले बढ्यो नेप्से, २ अर्ब ९४ करोडको कारोबार

images

  • २०८३ भदौ १७, बुधबार
  • 276
    SHARES
  • १५.४४ अंकले बढ्यो नेप्से, २ अर्ब ९४ करोडको कारोबार

    काठमाडौँ : आज बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर बन्द भएको छ। आज नेप्सेसँगै बढे पनि कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक १५.४४ अंकको बढेर २ हजार ५ सय ३८ दशमलव ११ विन्दुमा पुगेको हो।

    नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य करोडले बढेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.०२ अंक,फ्लोट इण्डेक्स १.२२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक बढेको छ।

    आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशत बढेको छ भने एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सर्वाधिक ५.८१ प्रतिशत घटेको छ।

    आज कारोबारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा १४ करोड १७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोडततः सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँको कारोबार भएको छ।

    हिजो मंगलबार २ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा आज ३ सय ५४ कम्पनीको ३९ हजार ६ सय ७३ पटकको कारोबारमा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको ७२ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। आज १ सय ९३ कम्पनीको शेयर मूल्य बढेको छ र ९३ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ