२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवा बाढी: ११ हजारभन्दा बढीको उद्धार, ४ हजारभन्दा बढी अझै बेपत्ता

images

  • २०८३ भदौ १८, बिहीबार
  • 546
    SHARES
  • रसुवा बाढी: ११ हजारभन्दा बढीको उद्धार, ४ हजारभन्दा बढी अझै बेपत्ता

    काठमाडौँ :  रसुवामा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। विपद्पछि जारी खोज तथा उद्धार कार्यका क्रममा बुधबार साँझसम्म ११ हजार ९ सय ९३ जनाको सकुशल उद्धार गरिएको छ भने ४ हजार २ सय १६ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार २ सय ४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
    सुरक्षा निकायको व्यापक परिचालन : 

    प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्यलाई तीव्र बनाउन २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार:
    नेपाली सेना : ९,१९९
    नेपाल प्रहरी : ७,९१२
    सशस्त्र प्रहरी बल : ४,२०३
    भौतिक संरचना र सडक सञ्जाल क्षतिग्रस्त भएका कारण नदी किनार तथा पहिरो प्रभावित बस्तीहरूमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी (पूर्व र पश्चिम), तनहुँ र चितवन लगायतका जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। 

    हालसम्म फेला परेका मृतकको विवरण :
     
    चितवन : ३४८
    नवलपरासी (पूर्व) : २१७
    नवलपरासी (पश्चिम) : २०२
    नुवाकोट : १५५
    रसुवा : ११५
    गोरखा : ६९
    धादिङ : ६०
    तनहुँ : ३८

    हवाई उद्धार र राहत सामग्री वितरण :

    सडक सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रहरूमा हवाई मार्गबाट उद्धार र राहत सामग्री पुर्‍याउने काम भइरहेको छ। नेपाली सेनाले ६ सय ९० पटक हवाई उडान गरी ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरिसकेको छ। यसका साथै निजी क्षेत्रबाट पनि २९ वटा उडानमार्फत उद्धारमा सहयोग पुर्‍याइएको छ।

    सुरक्षाकर्मी र विदेशी नागरिकसमेत बेपत्ता :

    बाढीका कारण सरकारी कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारण ठूलो सङ्ख्यामा बेपत्ता छन्। 

    बेपत्ता हुनेहरूमा :

    नुवाकोटबाट : १,५५८ जना
    रसुवाबाट : ८६५ जना
    जलविद्युत् आयोजनाका कर्मचारी : करिब ९०० जना
    विदेशी नागरिक : ५८३ जना (तथा उनीहरूसँग गएका १६४ नेपाली)
    सुरक्षाकर्मी : ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी
    अन्य: भन्सार, अध्यागमन, निकुञ्ज, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू
    सरकारले प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्रीको पहुँच विस्तार गर्दै उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ