काठमाडौँ : भोलि शुक्रबारदेखि देशभर लगातार ३ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले थप १ दिन बिदा थप्ने निर्णय गरेसँगै लामो बिदा परेको हो तर सोमबार २२ गते केहि पालिकामा मात्र बिदा दिएका छन्।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले भदौ २३ गते पनि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि नै तोकिएका पर्व तथा नियमित बिदासहित अब नागरिकले लगातार ५ दिन बिदा पाउने भएका हुन्।
बिदाको तालिका यस प्रकार रहेको छ :
भदौ १९ गते (शुक्रबार) : गौरा पर्व तथा श्रीकृष्ण जन्माष्टमीको बिदा
भदौ २० गते (शनिबार ): साताको नियमित बिदा
भदौ २१ गते (आइतबार) : नियमित सार्वजनिक बिदा
भदौ २२ गते (सोमबार) : रसुवा बाढी दुर्घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न शोक बिदा (केहि पालिकामा मात्र )
भदौ २३ गते (मङ्गलबार) : गत वर्षको जेनजी (Gen Z) आन्दोलनका शहीदहरूको सम्मानमा राष्ट्रिय बिदा