२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई भारतको मेडिसिटी हस्पिटलमा विशेष छुट

images

  • २०८३ भदौ १८, बिहीबार
  • 281
    SHARES
  • प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई भारतको मेडिसिटी हस्पिटलमा विशेष छुट

    काठमाडौं : प्रभु बैंकका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारजनले भारतको गुरुग्राम (हरियाणा) स्थित प्रसिद्ध मेदान्ता–द मेडिसिटी हस्पिटलको उपचार सेवामा विशेष छुट पाउने भएका छन्। बैंक र हस्पिटल प्रशासनबीच छुट सम्बन्धी एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको हो।

    द्विपक्षीय समझदारी अनुसार बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता, कर्मचारी र उनीहरूका परिवारले ओपिडी (बालिरंग) तर्फका सबै डाक्टर परामर्श, ल्याबोरेटरी र रेडियोलोजी परीक्षणमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। यसैगरी आइपिडी (अन्तरंग) सेवातर्फ बेड चार्ज (कोठा भाडा), ल्याब परीक्षण र रेडियोलोजी जाँचहरूमा समेत १५ प्रतिशतकै छुटको व्यवस्था गरिएको छ।

    सम्झौता पत्रमा हस्पिटलका कर्पोरेट पार्टनरसिप प्रमुख सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड (भारत) सुनिल मिश्राले हस्ताक्षर गरेका छन्। यो योजना सन् २०२६ अगस्ट १५ देखि लागु भई सन् २०२८ अगस्ट १४ सम्म (दुई वर्ष) कायम रहने बैंकले जनाएको छ।

    'बिश्वास लिन्छौं, विश्वास दिन्छौं' भन्ने मूल नाराका साथ बैंकिङ सेवा दिँदै आएको प्रभु बैंकले हाल देशभरका ३०० शाखा, २६२ एटिएम र ६६ एक्स्टेन्सन काउन्टरमार्फत ३८ लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याउँदै आएको छ। बैंकको यस कदमले भारतमा उपचारका लागि जाने नेपाली सेवाग्राहीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ