२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लक्ष्मी सनराइज बैंकद्वारा बाढीपिडितका लागि ३ करोड २४  लाख सहयोग

images

  • २०८३ भदौ १८, बिहीबार
  • 286
    SHARES
  • लक्ष्मी सनराइज बैंकद्वारा बाढीपिडितका लागि ३ करोड २४  लाख सहयोग

    काठमाडौँ : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका समुदायको उद्धार, राहत तथा पुनरुत्थानका लागि लक्ष्मी सनराइज बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।

    अविरल वर्षा र बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायतका जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको छ। बाढीले स्थानीय बासिन्दाको बसोबास, जीविकोपार्जनका साधन र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा गम्भीर असर पुर्‍याएको छ।

    प्रारम्भिक उद्धार र तत्कालको राहत वितरण सकिएसँगै अब प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनरुत्थानको चरण सुरु भएको छ। यस्तो दीर्घकालीन प्राकृतिक विपत्तिबाट गुज्रिरहेका नागरिक र समुदायलाई निरन्तर सहायताको आवश्यकता रहेको बैंकले जनाएको छ।

    विपद्को यस घडीमा बैंकले आफ्ना आफन्त, घरबार र रोजगारी गुमाएका पीडित परिवारहरूप्रति गहिरो सहानुभूति प्रकट गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा अहोरात्र खटिने सरकारी निकाय, सुरक्षाकर्मी, उद्धार टोली, स्वयंसेवक र स्थानीय बासिन्दाको योगदानको सराहना गरेको छ।

    नागरिक र समुदायको पुनरुत्थानमा सधैँ साथ रहने प्रतिबद्धता जनाउँदै लक्ष्मी सनराइज बैंकले नेपालभर २५४ शाखा, ३२६ एटिएम र अत्याधुनिक डिजिटल सेवामार्फत वित्तीय पहुँच र दिगो आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ