२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब संकलन

images

  • २०८३ भदौ २३, मंगलबार
  • 226
    SHARES
  • प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब संकलन

    काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ रुपैयाँ जम्मा भएको हो ।

    प्राप्त कुल रकममध्ये हाल विभिन्न ९ वटा वाणिज्य बैंकहरूमा आठ अर्ब ५९ करोड १९ लाख ४  हजार २ सय २३ रुपैयाँ मौज्दात छ। राहत कोषमा सङ्कलित रकमबाट यसअघि नै रसुवाका बाढीपीडितको सहयोगका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा हस्तान्तरण गरिएको हो।

    यसैगरी, वैदेशिक सहायता र सहयोगका लागि हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा खोलिएका डलर खाताहरूमा २ करोड ११ लाख ८ हजार ४ सय ७१ डलर जम्मा भएको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ