२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुस्ताङ भन्सारबाट राजस्व सङ्कलन तीव्र : दुई सातामै ५६ करोड बढी सङ्कलन

images

  • २०८३ भदौ २४, बुधबार
  • 141
    SHARES
  • मुस्ताङ भन्सारबाट राजस्व सङ्कलन तीव्र : दुई सातामै ५६ करोड बढी सङ्कलन

    काठमाडौँ : भोटेकोशीमा आएको बाढीका कारण उत्तरी सीमानाका रसुवागढी—केरुङ तथा तातोपानी नाका पूर्ण रूपमा ठप्प भएपछि मुस्ताङको कोरला नाका व्यापारको मुख्य वैकल्पिक मार्ग बनेको छ। दुवै प्रमुख नाका एकैपटक बन्द हुँदा आयातकर्ताहरूले कोरला नाका प्रयोग गर्न थालेपछि मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि आएको छ।

    मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० देखि २३ गतेसम्मको १४ दिनको अवधिमा मात्रै ५६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।

    कोरला नाकामा बढ्दो आयात : 

    नाका सञ्चालनमा आएसँगै चिनियाँ भूमिबाट कोरला हुँदै नेपाल प्रवेश गरेका मालवाहक कन्टेनर र सवारी साधनको भन्सार जाँचपास तीव्रताका साथ भइरहेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार हालसम्म कोरला नाकाबाट भित्रिएका ८८ वटा मालवस्तु बोकेका कन्टेनर ,१३० वटा विद्युतीय सवारी साधन (इभी) को सफलतापूर्वक भन्सार जाँचपास भइसकेको छ।

    हाल कोरला नाकाबाट दैनिक औसत १५ वटासम्म विद्युतीय सवारी र १० वटाभन्दा बढी मालवाहक कन्टेनर नेपाल भित्रिरहेका छन्।

    राजस्वको तथ्याङ्क :

    चालु आर्थिक वर्षको साउनदेखि भदौ १० गतेसम्मको ४० दिनमा १ सय ६३ वटा विद्युतीय सवारी र १ सय ३३ वटा मालवाहक कन्टेनरको जाँचपासबाट ५२ करोड ८० लाख रुपैयाँ राजस्व उठेको थियो। भदौ १० पछिको पछिल्लो वृद्धिदरसँगै मुस्ताङ भन्सार कार्यालयले हालसम्म कूल १ अर्ब ८ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरिसकेको छ।

    यसअघि आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सार कार्यालयले कुल ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। दुवै परम्परागत नाका सहज रूपमा नखुलुन्जेल कोरला नाकामा व्यापारिक आवतजावत र राजस्व सङ्कलनको यो दर अझै बढ्ने अनुमान गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ