काठमाडौँ : नेपाली बजारमा आज बुधबार सुनचाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार तथा चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो मंगलबार प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कारोबार भएको थियो।
त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो मंगलबार प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ थियो।