२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

images

  • २०८३ भदौ २४, बुधबार
  • 231
    SHARES
  • कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत काठमाडौँस्थित श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।

    शाखा कार्यालय कुलेश्वरमार्फत आयोजित उक्त कार्यक्रममा बैंकका काठमाडौँ क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीहरूलाई ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो। विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने उद्देश्यका साथ बैंकले स्कुल ब्याग, स्कुल ड्रेस, हाउस ड्रेस, जुत्ता, स्टेशनरी लगायतका अन्य आवश्यक शैक्षिक सामानहरू प्रदान गरेको छ।

    कार्यक्रमका क्रममा बोल्दै बैंकका क्षेत्र प्रमुख शर्माले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास र सहयोगमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताउनुभयो। आर्थिक अभावका कारण आधारभूत शैक्षिक सामग्रीबाट वञ्चित हुनुपरेका विद्यार्थीहरूलाई यो सहयोगले ठूलो राहत पुग्ने र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनहरूमा पनि यस्ता समुदाय लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

    त्यसैगरी विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले विपन्न विद्यार्थीहरूका लागि सहयोग बढाएकोमा कामना सेवा विकास बैंकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। बैंकको यो सराहनीय कार्यले विद्यार्थीहरूमा पढाइप्रति थप उत्साह जाग्नुका साथै विद्यालयको समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ