काठमाडौँ : ग्राहकहरूको मन जित्दै आएको एभरेष्ट कलर लिमिटेडले आफ्नो गुणस्तरप्रतिको निष्ठालाई पुन: प्रमाणित गरेको छ। कम्पनीले आधिकारिक रूपमा प्रतिष्ठित 'नेपाल गुणस्तर (NS)' प्रमाण-चिन्ह प्राप्त गर्दै आफ्नो उत्पादनको विश्वसनीयतालाई अझ मजबुत बनाएको हो।
वर्षौंदेखि नेपाली घर र संरचनाहरूलाई रङ्गीन तथा सुरक्षित बनाउन निरन्तर खटिएको एभरेष्ट कलरका लागि यो उपलब्धि केवल एउटा प्रमाणपत्र मात्र होइन, आफ्ना ग्राहकहरूप्रतिको जिम्मेवारी र समर्पणको ठूलो सम्मान हो।
कम्पनीका अनुसार यो सफलताको श्रेय रातदिन मेहनत गर्ने कर्मचारी, प्रविधिको सही प्रयोग र एभरेष्ट कलरप्रति वर्षौंदेखि अटुट विश्वास देखाउने आम ग्राहकहरूलाई जान्छ।
"हामीले उत्पादन गर्ने प्रत्येक लिटर रङमा ग्राहकको विश्वास जोडिएको हुन्छ। नेपाल गुणस्तर (NS) चिह्न पाउनुले हामीलाई अझ उत्कृष्ट, दिगो र वातावरणमैत्री उत्पादनहरू बजारमा ल्याउन थप हौसला मिलेको छ," कम्पनीका एक प्रतिनिधिले बताए।
उत्पादन प्रक्रियाको कडा परीक्षण र गुणस्तर मापदण्डहरू पूरा गरेपछि मात्र प्रदान गरिने NS प्रमाण-चिन्हले एभरेष्ट कलरका उत्पादनहरू सुरक्षित, टिकाउ र अन्तर्राष्ट्रिय स्तरका छन् भन्ने कुरालाई स्पष्ट पार्छ। यस उपलब्धिसँगै कम्पनीले आगामी दिनहरूमा पनि ग्राहकलाई सधैं पहिलो प्राथमिकतामा राख्दै गुणस्तरीय सेवा प्रदान गरिरहने प्रतिबद्धता जनाएको छ।