काठमाडौँ : कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम ६३ करोड रुपैयाँ चुक्ता पुँजीको कुल ८.९४७४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशको विवरण :
बोनस शेयर : ८.५ प्रतिशत (रु. ५ करोड ३५ लाख ५० हजार बराबर)
नगद लाभांश (कर प्रयोजनका लागि) : ०.४४७४ प्रतिशत (रु. २८ लाख १८ हजार ४२१)
यस्तै, जसमा ८.५ प्रतिशत बोनस शेयरले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँ र कर प्रयोजनार्थ ०.४४७४ प्रतिशतले हुन आउने २८ लाख १८ हजार ४ सय २१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश छन्। सञ्चालक समितिले सिफारिस गरेको यस लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरूले प्राप्त गर्नेछन्।