२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शिखर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयोग

images

  • २०८३ भदौ २५, बिहीबार
  • 196
    SHARES
  • शिखर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख सहयोग

    काठमाडौँ : प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि शिखर इन्स्योरेन्स कम्पनीले सरकारलाई ठूलो आर्थिक सहायता उपलब्ध गराएको छ। कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गरेको हो।

    बुधबार आयोजित एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष गौरव अग्रवाल र मुख्य कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे। निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूमध्ये यस सहयोग रकम अहिलेसम्मकै उच्च हो।

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएका थिए। सोही विनाशकारी बाढीबाट सिर्जित सङ्कटमा पीडित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले यो कदम चालिएको कम्पनीले जनाएको छ।

    विपद्को यस संवेदनशील घडीमा प्रभावित समुदायको साथमा उभिनु संस्थागत सामाजिक उत्तरदायित्व भएको कम्पनीको भनाइ छ। सबै क्षेत्र मिलेर एकीकृत रूपमा अघि बढेमा मात्र प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना र पुनर्निर्माण सम्भव हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ