काठमाडौँ : आज बिहीबार नेप्से परिसूचक १३.८५ अंकले घटेर बन्द भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज नेप्से परिसूचक १३.८५ अंकको घटेर २ हजार ५ सय ३१ दशमलव ५५ विन्दुमा पुगेको हो।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.४० अंक, फ्लोट इण्डेक्स ०.८३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंक घटेको छ। आज पनि १३ वटै उपसमूहका परिसूचक घटेको छ भने आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ र १ सय ९९ कम्पनीको शेयर मूल्य घटेको छ।
यसगरी, आज ३ सय ४१ कम्पनीको ४४ हजार १ सय ९८ पटकको कारोबारमा ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको छ भने हिजो बुधबार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस्तै, आज लिबर्टी इनर्जीको ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँ, रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँ तथा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १९ करोड रुपैयाँको शेयर कारोबार रकम भएको छ।
यसगरि, लिबर्टी इनर्जीको शेयर सर्वाधिक १५ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकको शेयर सर्वाधिक १४.९८ प्रतिशतले घटेको छ।




