काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकलाई आफ्नै घरदैनिकमा सहज र आधुनिक वित्तीय सेवा पुर्याउने उद्देश्यका साथ नेपालमै पहिलोपटक 'डोरस्टेप बैंकिङ' (Doorstep Banking) सुविधाहरू सहितको 'विशिष्ट बचत खाता' (Bishista Bachat Khata) सार्वजनिक गरेको छ।
८० को दशकको त्यो पुराना दिनहरू, जहाँ सामान्य बैंकिङ कारोबारका लागि पनि मानिसहरू घण्टौँ लाइनमा बस्न र बैंकको शाखासम्मै धाउन बाध्य थिए, त्यसैलाई आधुनिक प्रविधिसँग जोड्दै बैंकले यो नयाँ अवधारणा ल्याएको हो। विगतको त्यो परम्परागत बैंकिङ अनुभवलाई पूर्णतः बदलेर बैंकले अब ग्राहकको घरदैलोमै पुगेर सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ।
'विशिष्ट बचत खाता' का मुख्य विशेषताहरू :
-
डोरस्टेप सेवा: खाता खोल्न, नगद जम्मा गर्न वा झिक्न तथा आवश्यक कागजी प्रक्रियाका लागि बैंकसम्म गइरहनु नपर्ने।
-
समयको बचत: ज्येष्ठ नागरिक, गृहणी तथा व्यस्त उद्यमीहरूका लागि घरमै बसेर बैंकिङ कारोबार गर्ने सुविधा।
-
उच्च ब्याजदर र सुरक्षा: बचतमा प्रतिस्पर्धी ब्याजदरका साथै सुरक्षित बैंकिङको पूर्ण ग्यारेन्टी।
-
डिजिटल र भौतिक सेवाको समिश्रण: आधुनिक डिजिटल माध्यमका साथै प्रत्यक्ष घरमै बैंकिङ प्रतिनिधि पुग्ने अद्वितिय व्यवस्था।



