काठमाडौँ : नेपाली बजारमा आज बिहीबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ । आज शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँ र चाँदीको प्रतितोला २ सय ५५ रुपैयाँको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो बिहीबार प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।