२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२७.९४ अंकले बढ्यो नेप्से, ४ अर्ब ३६ करोडको कारोबार

images

  • २०८३ भदौ २६, शुक्रबार
  • 246
    SHARES
  • २७.९४ अंकले बढ्यो नेप्से, ४ अर्ब ३६ करोडको कारोबार

    काठमाडौँ : आज सोमबार नेप्से परिसूचक २७.९४ अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २७.९४ अंकको बढेर २ हजार ५ सय ५९ दशमलव ४९ विन्दुमा पुगेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

    आज ३ सय ४५  कम्पनीको ४५ हजार ६ पटकको कारोबारमा ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ भने हिजो बिहीबार ४ अर्ब ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स १.८८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंक बढेको छ। आज पनि १३ वटै उपसमूहका परिसूचक घटेको छ भने आज २ सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ र ३१ कम्पनीको शेयर मूल्य घटेको छ।

    Capture.JPG
    Nepse

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ