काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयर स्वामित्व संरचनामा महत्त्वपूर्ण परिमार्जन गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकको निर्णयअनुसार संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात परिमार्जन गरी क्रमशः ५१:४९ कायम गरिएको हो।
नेपाल बीमा प्राधिकरणद्वारा जारी 'बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७' को प्रावधानलाई पालना गर्दै यो समायोजन गरिएको कम्पनीले जनाएको छ।
प्रमुख विवरणहरू :
नयाँ शेयर स्वामित्व : संस्थापक समूह ५१ प्रतिशत र सर्वसाधारण समूह ४९ प्रतिशत।
पुरानो शेयर स्वामित्व : संस्थापक समूह ७० प्रतिशत र सर्वसाधारण समूह ३० प्रतिशत।
परिवर्तित प्रतिशत : संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा रूपान्तरण गरिएको।