काठमाडौँ : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको हालै बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ। हाल बैंकको कुल चुक्तापुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७ सय २९ रुपैयाँ ९३ पैसा रहेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ।