काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौँस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्वास्थ्य प्रयोगशाला सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र सेन्टरको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकहरूले सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा उपलब्ध विभिन्न ल्याब परीक्षण सेवाहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट उपलब्ध हुने प्रमुख सेवाहरू:
-
25-OH Vitamin D
-
Bilirubin Total and Direct
-
Blood Culture & Sensitivity-Bactec
-
Calcium र Creatinine
-
Glucose Fasting
-
Iron Profile
-
Lipid Profile
-
Liver Function Test (LFT) लगायत झन्डै तीन दर्जन सेवाहरू



