२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोडभन्दा बढी मौज्दात

images

  • २०८३ भदौ २९, सोमबार
  • 251
    SHARES
  • प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोडभन्दा बढी मौज्दात

    काठमाडौँ : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६ सय ६ रुपैयाँ मौज्दात रहेको छ।

    कोषमा सङ्कलन भएको रकममध्ये १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५ सय १७ रुपैयाँ देशका ९ वटा वाणिज्य बैंकका खाताहरूमा राखिएको छ। यसका साथै दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५ सय ९६ अमेरिकी डलरसमेत मौज्दात रहेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

    यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नुभएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माण तथा नागरिकहरूको स्थायी पुनर्स्थापनाका लागि सरकारसँग स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ