काठमाडौँ : आज मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सोमबार ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार २ सय ९० रुपैयाँ कायम भएको छ।
यसगरी, महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ हिजो सोमबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ रहेको थियो।