२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाढीपीडितलाई कृषि विकास बैंकका कर्मचारीद्धारा डेढ करोड सहयोग

images

  • २०८३ भदौ ३०, मंगलबार
  • 226
    SHARES
  • बाढीपीडितलाई कृषि विकास बैंकका कर्मचारीद्धारा डेढ करोड सहयोग

    काठमाडौँ : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ संकलन गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेका छन्।

    बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी तहका कर्मचारीहरूसम्मले आफ्नो तलब-भत्ताबाट स्वतःस्फूर्त रूपमा रकम जुटाई सहयोग गरेका हुन्। बैंक सञ्चालक समितिका अध्यक्ष टंक प्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले संयुक्त रूपमा अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो।

    रकम हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशिल हुमागाईं, मार्केटिङ एण्ड सेल्स विभाग प्रमुख बीना शर्मा तथा जनशक्ति व्यवस्थापन विभाग प्रमुख अजय रिमालको पनि उपस्थिति थियो। यसअघि पनि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड रुपैयाँ जम्मा गरिसकेको छ भने प्रभावित क्षेत्रमै पुगेर १० लाख रुपैयाँ बराबरको खाद्यान्न र अत्यावश्यक राहत सामग्री प्रत्यक्ष वितरण गरिसकेको छ।

    प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित परिवारलाई पुनरुत्थान र पुनःस्थापनामा सघाउन बैंकले संस्थागत र कर्मचारीहरूले व्यक्तिगत तहबाट हातेमालो जारी राखेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ