२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८३ भदौ ३१, बुधबार
  • 266
    SHARES
  • दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : सानिमा बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। यी दुवै बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि भोलि असोज १ गते बुक क्लोज गर्दैछन्।

    सानिमा बैंक : सानिमा बैंकले आफ्नो २२ औँ वार्षिक साधारणसभा आउँदो असोज १२ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे डाकेको छ।

    प्रस्तावित लाभांश : चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश।

    प्रमुख एजेन्डा : सर्वसाधारण समूहका तर्फबाट २ जना सञ्चालकको निर्वाचन, गत आवको वित्तीय विवरण स्वीकृत र चालु आवका लागि लेखापरीक्षक नियुक्ति।

    एभरेष्ट बैंक : एभरेष्ट बैंकले आफ्नो ३२ औँ वार्षिक साधारणसभा असोज १४ गते आम्रपाली ब्यांक्वेट (भाटभटेनी, काठमाडौँ) मा बिहान १० बजे बोलाएको छ।

    प्रस्तावित लाभांश : कुल १५ प्रतिशत लाभांश (५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश)।

    प्रमुख एजेन्डा : बोनस शेयर जारीपछि वृद्धि हुने पुँजीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन, गत आवको वार्षिक प्रतिवेदन पारित र नयाँ लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण।

    त्यसैले आजसम्म शेयर बजारमा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी बैंकहरूले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ