२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गरिमा विकास बैंकद्धारा साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

images

  • २०८३ भदौ ३१, बुधबार
  • 221
    SHARES
  • गरिमा विकास बैंकद्धारा साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाडौँ : गरिमा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २६ गते शुक्रबारका दिन साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभा पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ।

    सभामा मुख्य गरी शेयरधनीहरूका लागि प्रस्ताव गरिएको लाभांश अनुमोदन गर्ने एजेन्डा रहेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लगेको छ। यसमध्ये १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।

    साधारणसभाका मुख्य प्रस्तावहरू :

    पुँजी वृद्धि : बैंकको हालको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब ६५ करोड रुपैयाँ पुर्याउने र सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने।

    अख्तियारी प्रदान : नियमनकारी निकायहरूबाट प्रबन्धपत्र वा नियमावली संशोधनका क्रममा कुनै फेरबदल वा सुझाव आएमा सोही बमोजिम समायोजन गर्ने अधिकार सञ्चालक समितिलाई दिने।

    मर्जर तथा प्राप्ति : भविष्यमा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिशन) गर्ने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने।

    वित्तीय विवरण र लेखापरीक्षक : गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने।

    बुक क्लोज :

    लाभांश वितरण तथा साधारणसभाको प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, असोज १३ गतेसम्म बजारमा शेयर कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ