काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ जसमा ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।
बैंक सञ्चालक समितिको हालै बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको आधारमा सो लाभांश दिने निर्णय गरेको हो। हालसम्म बैंकको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६ सय १४ रुपैयाँ रहेको छ।
लाभांशको विवरण :
कुल लाभांश : ४ प्रतिशत
बोनस शेयर : ३.८० प्रतिशत ( ५८ करोड ९२ लाख ८३ हजार ६ सय १७ रुपैयाँ)
नगद लाभांश (कर प्रयोजनका लागि) : ०.२० प्रतिशत (रु. ३ करोड १० लाख १४ हजार ९ सय २७ रुपैयाँ)
सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाउन र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्न बाँकी छ। साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन्।