२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

images

  • २०८३ असोज १, बिहीबार
  • 216
    SHARES
  • आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

    काठमाडौँ:  आश्विन सङ्क्रान्तिको अवसरमा देशभरका उद्योग, कलकारखाना र निर्माण क्षेत्रमा विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइएको छ। कालिगढ, मजदुर तथा उद्योगीहरूले आफ्ना औजार, यन्त्र र सवारीसाधनको विधिपूर्वक पूजाआराधना गरी यो पर्व उत्साहका साथ मनाएका हुन्।

    यस दिन कार्यस्थल र कलकारखानालाई विशेष रूपमा सजाउने गरिन्छ। माटो तथा बालुवाबाट बनाइएका भगवान् विश्वकर्माका मूर्ति स्थापना गरी पूजा गर्ने र पछि वाग्मतीको मुहानस्थल सुन्दरीजल वा नजिकैका पवित्र जलाशयमा विसर्जन गर्ने परम्परा छ। औजार र सवारीसाधनको पूजा गर्नाले तिनको टिकाउपन बढ्ने, काम गर्दा दुर्घटना नहुने र कार्यदक्षतामा वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ।

    पौराणिक सन्दर्भ र वास्तु दिवस :

    पौराणिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूबाट जोगाउन विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेका थिए। सोही समयदेखि नै उनलाई सफल वास्तुविद्का रूपमा पुज्न थालिएको मानिन्छ। उक्त ऐतिहासिक स्थल हाल भारतको गुजरात राज्यस्थित समुद्रमा रहेको विश्वास गरिन्छ।

    वास्तु विद्याका प्रवर्द्धक मानिने विश्वकर्माले ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु ग्रन्थको रचना गरेका थिए। सोही योगदानको स्मरण गर्दै वास्तुविद्हरूले आजको दिनलाई ‘वास्तु दिवस’का रूपमा मनाउँदै आएका छन्।

    चार उपवेदमध्येको एक ‘स्थापत्यवेद’मा आधारित वास्तुशास्त्रको महत्त्व पछिल्लो समय नेपालमा पनि बढ्दै गएको छ। सुरक्षित, व्यवस्थित र परम्परागत शैलीका आवास तथा सहर निर्माणमा वास्तु विद्याको प्रयोगप्रति सर्वसाधारणको चासो छाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ