२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

images

  • २०८३ असोज १, बिहीबार
  • 286
    SHARES
  • नेप्सेमा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन

    काठमाडौँ :  नेपाल स्टक एक्सचेञ्जले एभरेष्ट बैंकको शेयर मूल्य समायोजन गरिएको छ। अघिल्लो कारोबार दिन बैंकको शेयर ७ सय २७ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो। नेप्सेले यही मूल्यलाई आधार मानेर समायोजन गरेको हो। मूल्य समायोजनपछि बैंकको शेयरमूल्य ६ सय ९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। 

    बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो। बैंकले आर्थिक वर्ष २०८२/८3 को नाफाबाट ५ प्रतिशत बोनस सेयर र १०  प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ।

    समायोजित नयाँ मूल्य : ६९२ रुपैयाँ ८६ पैसा

    अघिल्लो कारोबारको अन्तिम मूल्य : ७२७ रुपैयाँ ५० पैसा

    अब दोस्रो बजारमा आज बिहिबार बैंकको शेयर कारोबार ६९२.८६ रुपैयाँको आधार मूल्यबाट सुरु हुनेछ। बैंकले आगामी असोज १४ गते बुधबारका लागि आफ्नो ३२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। भाटभटेनी, काठमाडौँस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेदेखि सभा सुरु हुने जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ