काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ को लागि हालसम्म ७ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा नबिल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक र कुमारी बैंक रहेका छन्।
हालसम्म कुन वाणिज्य बैंकको कति लाभांश हेर्नुहोस्।
१. नबिल बैंक (Nabil Bank)
कुल लाभांश : १५.८०%
बोनस शेयर : ५.००%
नगद लाभांश (कर प्रयोजनका लागि) : १०.८०%
२. एभरेष्ट बैंक
(Everest Bank)
कुल लाभांश : १५.००%
बोनस शेयर : ५.००%
नगद लाभांश (कर प्रयोजनका लागि) : १०.००%
३. ग्लोबल आइएमई बैंक (Global IME Bank)
कुल लाभांश : १०.००%
बोनस शेयर : ४.००%
नगद लाभांश (कर प्रयोजनका लागि) : ६.००%
४. सानिमा बैंक (Sanima Bank)
कुल लाभांश : १०.००%
बोनस शेयर : ०.००%
नगद लाभांश (कर प्रयोजनका लागि) : १०.००%
५. माछापुच्छ्रे बैंक (Machhapuchchhre Bank)
कुल लाभांश : ६.००%
बोनस शेयर : ३.००%
नगद लाभांश (कर प्रयोजनका लागि) : ३.००%
६. सिटिजन्स बैंक (Citizens Bank)
कुल लाभांश : ४.००%
बोनस शेयर : ३.८०%
नगद लाभांश (कर प्रयोजनका लागि) : ०.२०%
७. कुमारी बैंक (Kumari Bank)
कुल लाभांश : २.१०५३%
नगद लाभांश (कर प्रयोजनका लागि) : २.१०५३%