काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न हालसम्म चारवटा विकास बैंकहरूले लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्ने बैंकहरूमा शाइन रेसुङ्गा, कामना सेवा, सांग्रिला र गरिमा विकास बैंक रहेका छन्।
यसमध्ये कामना सेवा विकास बैंकले साधारण सभा सम्पन्न गरिसकेको छ भने गरिमा, सांग्रिला र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर अहिले खरिद गर्दा पनि प्रस्तावित लाभांश प्राप्त गर्न सकिन्छ। यहाँ बैंकहरूले घोषणा गरेको लाभांशको विवरण प्रस्तुत गरिएको छ।
१. गरिमा विकास बैंक
-
कुल लाभांश : २०%
-
बोनस शेयर : १०%
-
नगद लाभांश (कर प्रयोजनसहित) : १०%
-
बुक क्लोज : असोज १४ गते
२. शाइन रेसुङगा डेभलपमेन्ट बैंक
-
कुल लाभांश : १६%
-
बोनस शेयर : ६%
-
नगद लाभांश (कर प्रयोजनसहित) : १०%
-
बुक क्लोज : तय नगरेको
३. सांग्रिला डेभलपमेन्ट बैंक
-
कुल लाभांश : १०.५२६३%
-
बोनस शेयर : ४%
-
नगद लाभांश (कर प्रयोजनसहित) : ६.५२६३%
-
बुक क्लोज : असोज ८ गते
४. कामना सेवा विकास बैंक
-
कुल लाभांश : १५% (साधारण शेयरतर्फ) र ९% (अग्राधिकार शेयरतर्फ)
-
बोनस शेयर : ०% (छैन)
-
नगद लाभांश (कर प्रयोजनसहित) : १५% (साधारण शेयरतर्फ)
-
भदौ ३१ गते नै साधारण सभा सम्पन्न



