२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिद्धार्थ बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८३ असोज १, बिहीबार
  • 266
    SHARES
  • सिद्धार्थ बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : सिद्धार्थ बैंकले आफ्ना शेयरधनीहरुका लागि निकै आकर्षक लाभांशको प्रस्ताव अघि सारेको छ। आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो।

    हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ रहेको छ । यसै पुँजीको आधारमा शेयरधनीहरुले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नै नगद लाभांश पाउनेछन्। रकमको हिसाबले हेर्दा बोनस र नगद दुवैतर्फ करिब १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ बराबरको वितरण हुनेछ।

    यसका साथै, बैंकका अग्राधिकार शेयरधनी (Preference Shareholders) हरुले पनि ८.५ प्रतिशत (करसहित करिब १० करोड ७५ लाख रुपैयाँ) नगद लाभांश प्राप्त गर्नेछन्।

    लाभांशको विवरण :
    कुल लाभांश : २० प्रतिशत
    बोनस शेयर : १० प्रतिशत (१ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैयाँ )
    नगद लाभांश (कर प्रयोजनका लागि) : १० प्रतिशत (१ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९ सय २० रुपैयाँ)

    सञ्चालक समितिले प्रस्ताव गरेको यस लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले अन्तिम स्वीकृति दिएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ