२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेसंगै कारोबार रकम पनि वृद्धि

images

  • २०८३ असोज १, बिहीबार
  • 246
    SHARES
  • नेप्सेसंगै कारोबार रकम पनि वृद्धि

    काठमाडौँ : बुधबारको सामान्य करेक्सनपछि आज बिहीबार शेयर बजारमा फेरि उत्साह देखिएको छ। लगातार तीन दिनको बढोत्तरीपछि हिजो थोरै सुस्ताएको नेप्से आज पुनः उकालो लाग्दै बन्द भएको हो। आज नेप्से परिसूचक ११.९३ अंकले बढेर २,६१२.४२ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स २.०७ अंक, फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेको छ। 

    परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढेको छ। हिजो मंगलबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज बुधबार ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँमा सीमित भयो जसमा कुल ३ सय ५० वटा कम्पनीका १ करोड ५१ लाख १ हजार कित्ता शेयर ५५ हजार ८ सय ३१ पटक किनबेच भएका छन्।

    यस्तै, ३३ करोड ६२ लाखको कारोबारका साथ सिद्धार्थ बैंक शीर्ष स्थान छ भने शिवम् सिमेन्ट्स २७ करोड र सोलु हाइड्रोपावर करिब २४ करोडको कारोबार भएको छ। आज बिहीबार बजारका ११ वटै उपसमूहका परिसूचक बढेको छभने २ वटा उपसमूहका परिसूचक घटेका छ। आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक १२.४३ प्रतिशत नाफा कमाएका छन् भने हाथवे इन्भेष्टमेन्टको मूल्य सर्वाधिक २.९७ प्रतिशतले घटेको छ ।

    Screenshot 2026-09-17 183443.png
    Nepse
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ