२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेशमा सेमिनार अन अनट्याप्ड पोटेन्सियल कार्यक्रम सम्पन्न

images

  • २०८३ असोज १, बिहीबार
  • 256
    SHARES
  • सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेशमा सेमिनार अन अनट्याप्ड पोटेन्सियल कार्यक्रम सम्पन्न

    काठमाडौँ : सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन, बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ’ विषयक कार्यक्रम सम्पन्न गरेको छ। बैङ्कले सुदूरपश्चिम प्रदेशका प्रमुख, शाखा–प्रबन्धक तथा कर्मचारीको सहभागितामा कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीको सहभागिता थियो। कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक योजना र प्राथमिकताका विषयमा छलफल गरिएको बैङ्कले जनाएको छ। साथै केन्द्र र प्रदेशबिचको सहकार्य थप सुदृढ बनाउने विषयमा पनि अन्तरक्रिया भएको थियो।

    सुदूरपश्चिम प्रदेशका सात जिल्लामा बैङ्कका १० वटा शाखा सञ्चालनमा रहेको जनाइएको छ। बैङ्कले यसअघि बागमती, कोशी र मधेश प्रदेशमा पनि बजेट, कार्यसम्पादन तथा रणनीतिक योजनासम्बन्धी कार्यक्रम आयोजना गरिसकेको छ।

    बैङ्कका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने निक्षेप सङ्कलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा बैङ्कको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैङ्कले जनाएको छ।

    बैङ्कले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटिएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैङ्किङ एकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई बैङ्किङ सेवा दिँदै आएको जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ