काठमाडौँ : चालु आर्थिक वर्षको प्रारम्भिक दुई महिना (भदौ मसान्त) सम्ममा सरकारको राजस्व संकलनमा सकारात्मक सुधार देखिएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन १६ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा सरकारी खर्चमा पनि करिब ११ प्रतिशतको बढोत्तरी भएको छ।
सरकारले चालु आवमा १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व उठाउने वार्षिक लक्ष्य राखेकोमा दुई महिनामा ११.५९ प्रतिशत (१ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ) संकलन भइसकेको छ।
राजस्व संकलन :
-
कर राजस्व : १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँ (१४.७% को वृद्धि)
-
गैरकर राजस्व : १० अर्ब ७८ करोड रुपैयाँ (५१.१% को वृद्धि)
-
कुल राजस्व संकलन : १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ (गत वर्ष भदौ मसान्तमा १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ)
-
कुल प्राप्ति (अनुदानसहित) : १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ (१५.४% को वृद्धि)



