काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से )मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आफ्ना सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
नेप्सेमा आज लघुवित्तको १ लाख ११ हजार ६ सय ३९ कित्ता शेयर सूचीकृत भएको हो। अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन्।



