काठमाडौँ : सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्तावसहित पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा असोज २५ गते आइतबारका दिन कैलालीको अत्तरिया (गोदावरी) स्थित होटेल जंगल स्पा प्रा.लि.मा दिउँसो १ बजेदेखि सुरु हुनेछ।
साधारण सभाका मुख्य प्रस्तावहरू:
लाभांश अनुमोदन : हाल कायम चुक्ता पूँजीको १०% बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरी कुल १०.५२६३% लाभांश पारित गर्ने।
सञ्चालक निर्वाचन : संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना गरी कुल ४ जना सञ्चालकहरूको चयन गर्ने।
नियमावली संशोधन : कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।
बुकक्लोज : लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते (मंगलबार) एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।