२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाढी प्रभावितका लागि टेर्गर गुम्बा र टेर्गर सङ्घद्वारा १ करोड ५० लाख सहयोग

images

  • २०८३ असोज २, शुक्रबार
  • 246
    SHARES
  • बाढी प्रभावितका लागि टेर्गर गुम्बा र टेर्गर सङ्घद्वारा १ करोड ५० लाख सहयोग

    काठमाडौँ : विनाशकारी बाढीका कारण समस्यामा परेका समुदायको तत्काल राहत तथा पुनर्स्थापनाका लागि टेर्गर गुम्बा नेपाल र टेर्गर सङ्घले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएका छन्।

    गुम्बाका प्रमुख योंगेइ मिग्‍युर रिम्पोछेले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि तयार पारिएको उक्त रकमको चेक शुक्रबार हस्तान्तरण गरे। सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेललाई एक औपचारिक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

    आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन गुम्बाको सामाजिक सेवा शाखा ‘टेर्गर फाउन्डेसन’ ले यसअघि नै सुरक्षाकर्मीहरूलाई आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराइसकेको छ।

    साथै, विपत्तिमा परी ज्यान गुमाउनेहरूको आत्माको चीर शान्तिको कामना गर्दै र शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्नका लागि तेर्गर गुम्बाका लामाहरूले प्रत्येक हप्ता विशेष पूजा तथा प्रार्थना समेत सञ्चालन गर्दै आएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ