२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२२.८५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडको कारोबार

images

  • २०८३ असोज २, शुक्रबार
  • 836
    SHARES
  • २२.८५ अंकले बढ्यो नेप्से, ६ अर्ब ७४ करोडको कारोबार

    काठमाडौँ : आज शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २२.८५ अंकको बढेर २ हजार ६ सय ४७ दशमलव २२ विन्दुमा पुगेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

    यस्तै, आज ३ सय ४५  कम्पनीको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर कारोबार भएको छ भने हिजो बिहीबार ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    यसगरी, आज सेन्सेटिभ इण्डेक्स ५.३२ अंक, फ्लोट इण्डेक्स १.८७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ। आज शुक्रबार बजारका ११ वटै उपसमूहका परिसूचक बढेको छ भने २ वटा उपसमूहका परिसूचक घटेको छ भने आज १ सय ९६ कम्पनीको शेयर मूल्य बढेको छ र ७४ कम्पनीको शेयर मूल्य घटेको छ।

    यस्तै, ३२ करोड १३ लाखको कारोबारका साथ कुमारी बैंक शीर्ष स्थान छ भने लक्ष्मी सनराइज बैंक २७ करोड र ग्लोबल आइएमई बैंक २३ करोडको कारोबार भएको छ। आज स्नो रिभर्स लिमिटेडको मूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ भने हाथवे इन्भेष्टमेन्टको मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ । 
     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ