२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
दुर्घटना

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

images

  • २०८० मंसिर २, शनिबार
  • 631
    SHARES
  • बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

    मङ्सिर २, बैतडी : दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार–३ गाउँपालिका–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो। विष्टको घटनास्थलमै मृत्यु भएको थियो।

    कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप आज दोगडाकेदार–३ घोडेधार नजिकै दुर्घटनामा परेको हो। कच्ची र उकालो नचढ्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जीपमा सवार लोकबहादुर विष्टले बताउनुभयो।

    यस्तै, कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, ४ वर्षीय रियाग विष्ट, ७ वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन्। 

    घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो। गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ