२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धितोपत्र बोर्डद्वारा राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्बको डिबेन्चर जारी गर्ने अनुमति

images

  • २०८३ असोज ३, शनिबार
  • 286
    SHARES
  • धितोपत्र बोर्डद्वारा राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्बको डिबेन्चर जारी गर्ने अनुमति

    काठमाडौँ : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) बिक्री गर्न स्वीकृति प्रदान गरेको छ। बैंकले ‘आरबीबीएल डिबेन्चर–२०८९’ नाममा उक्त ऋणपत्र सर्वसाधारण तथा व्यक्तिगत तवरमार्फत बजारमा ल्याउन लागेको हो।

    धितोपत्र बोर्डको अनुमतिसँगै बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

    निष्कासन गरिने कुल ऋणपत्रमध्ये:

    • सर्वसाधारणका लागि : ४० प्रतिशत अर्थात् १२ लाख इकाइ

    • व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट : ६० प्रतिशत अर्थात् १८ लाख इकाइ

    यो ७ वर्ष अवधि रहेको ऋणपत्र हो, जसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन्। बैंकको यस ऋणपत्र बिक्री तथा निष्कासन प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ