२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालमा वैदेशिक लगानी आकर्षण : दुई महिनामै साढे ११ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता

images

  • २०८३ असोज ३, शनिबार
  • 296
    SHARES
  • नेपालमा वैदेशिक लगानी आकर्षण : दुई महिनामै साढे ११ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपालमा वैदेशिक लगानीको उत्साहजनक उपस्थिति देखिएको छ। उद्योग विभागका अनुसार यस अवधिमा कुल ३२८ वटा साना-ठूला परियोजनामार्फत ११ अर्ब १२ करोड ४४ लाख ५७ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ।
    विशेषगरी सेवा र पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको पहिलो रोजाइमा परेका छन्।

    पर्यटन र सेवा क्षेत्रमा लगानीकर्ताको बढी रुचि : 

    विभागको अद्यावधिक तथ्याङ्कअनुसार साउन र भदौमा प्राप्त कुल लगानी प्रस्तावमध्ये सबैभन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ। पर्यटन पूर्वाधार तथा सेवा विस्तारका लागि यस अवधिमा ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ। त्यस्तै, सेवामूलक क्षेत्रमा २६ वटा परियोजनामार्फत ३ अर्ब ३० करोड ५४ लाख ८५ हजार रुपैयाँ (कुल प्रतिबद्धताको करिब २९ प्रतिशत) विदेशी लगानी प्रस्ताव भएको छ।

    साउनको तुलनामा भदौमा दोब्बर नजिक लगानी :

    मासिक प्रवाहका आधारमा हेर्दा साउनभन्दा भदौ महिनामा वैदेशिक लगानी प्रतिबद्धता उल्लेख्य रूपमा बढेको छ।

    साउन : १९१ परियोजनामार्फत ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ लगानी प्रस्ताव आएको थियो।

    भदौ : १३६ परियोजनामार्फत ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ प्रतिबद्धता जुटेको छ।

    भदौमा प्राप्त प्रतिबद्धतामध्ये स्वचालित प्रणाली (अटोमेटेड रुट) मार्फत १३५ परियोजनाका लागि ६ अर्ब २७ करोड १५ लाख रुपैयाँ र साधारण प्रक्रिया (म्यानुअल रुट) बाट एउटा ठूलो परियोजनाका लागि ८० करोड रुपैयाँ स्वीकृत भएको विभागले जनाएको छ।

    कुन क्षेत्रमा कति लगानी? (क्षेत्रगत अवस्था) : 

    वैदेशिक लगानीको क्षेत्रगत वर्गीकरण निम्न अनुसार रहेको छ:

    पर्यटन : ३ अर्ब ७४ करोड २८ लाख रुपैयाँ 

    सेवा क्षेत्र : ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ (२६ संख्या)

    ऊर्जा :  २ अर्ब रुपैयाँ (१ संख्या )

    उत्पादनमूलक : १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ ( १८ संख्या )

    सूचना प्रविधि : ८१ करोड ७९ लाख रुपैयाँ ( २१२ संख्या )

    कृषि : २० करोड रुपैयाँ (१ संख्या )

    सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी (२१२ वटा) साना परियोजनाहरू दर्ता भए पनि लगानीको आकारका हिसाबले सेवा, पर्यटन र ऊर्जा क्षेत्र अगाडि देखिएका छन्। खनिज तथा पूर्वाधार निर्माण क्षेत्रमा भने सुरुवाती दुई महिनामा कुनै पनि लगानी प्रस्ताव परेको छैन। चालु आवको सुरुवाती दुवै महिनामा देखिएको यो गतिले देशमा वैदेशिक लगानीको वातावरण सुधार हुँदै गएको र लगानीकर्ताहरूको विश्वास बढेको सङ्केत गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ